http://nepalinetwork.com/news-details/1978

काठमाडौँ – डा. हरिहरदेव पन्तको ५ औँ स्मृति दिवशका अवसरमा ‘समृद्धिको मार्गमा २०७७’ विमोचन गरिएको छ। आइतबार आयोजना गरिएको भर्चुअल कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘समृद्धिको मार्गमा २०७७’ विमोचन गर्नुभएको हो ।

विमोचन समारोहमा गभर्नर अधिकारीले पुस्तकमा समेटिका विषयहरु एकदमै राम्रा रहेका बताउनुभयो। स्वर्गीय हरिहरदेव पन्तका कारण ग्रामिण भेगका जनताको जीवनस्तर उकास्न निकै ठूलो मद्दत पुगेको उहाँले बताउनुभयो।

लघुवित्तको सेवाका कारण आज धेरै मानिसहरुले उद्यमशीलताको बाटो रोजेको उहाँको भनाइ थियो। उहाँले यो पुस्तक प्रकाशनका लागि निर्धन लघुवित्त वित्तीय संस्थाप्रति समेत आभार व्यक्त गर्नुभयो।

२०७७ कोभिडका कारण समृद्धिको वर्ष हुन नसकेकेको भन्दै गभर्नर अधिकारीले यस्तो अवस्थामा पनि सकारात्मक सोचका साथ सबैले काम गर्दै आउनु एकदमै राम्रो कुरा भएको बताउनुभयो।

नेपालमा ग्रामीण बैंकिङ पद्धतिको अनुशरण गराउने र लघुवित्तको सेवा अघि बढाउने नेतृत्व पूर्व डेपुटी गभर्नर स्वर्गीय डा.हरिहर देव पन्तले लिनु भएको गर्भनर अधिकारीले स्मरण गर्नुभयो।

गभर्नर अधिकारीले ग्रामीण बैंकिङ सेवालाई केन्द्रीय बैंकले प्राथमिकतामा राखेको बताउनुभयो। ग्रामीण बैंकिङलाई निरुत्साहित गर्ने राष्ट्र बैंकको कुनै योजना नभएको उहाँको धारणा थियो।

लघुवित्तको संख्या अत्यधिक भएको र यसको सेवा अझ प्रभावकारी बनाउनका लागि नयाँ संस्थालाई सञ्चालन अनुमति रोक लगाइएको गभर्नर अधिकारीको भनाइ थियो।

सहि व्यक्तिले सहि किसिमले लघुवित्तको सेवा संचालन गरुन् र सहि व्यक्तिले सहि किसिमले वित्तीय सेवा पाउन् भन्ने राष्ट्र बैंकको चाहाना रहेको उहाँले बताउनुभयो।

ग्रामीण भेगका विपन्न वर्गमा लघुवित्तको मार्फत जिविकोपार्जनको आधार बनोस् भन्ने आफूले चाहेको गभर्नर अधिकारीकोे भनाइ थियो।

कार्यक्रममा पूर्व गभर्नर गणेशबहादुर थापाले कोरोनामा पनि लघुवित्तको भूमिका महत्वपूर्ण हुने भन्दै अब केन्द्रीय बैंक र सरकारले लघुवित्तलाई थप प्राथिमकतामा राख्नु पर्ने वताउनु भएको थियो।

धितोपत्र बोर्डका पूर्ब अध्यक्ष तथा सेन्टर फर माईक्रोफाईनान्सका अध्यक्ष डा. रेबतबहादुर कार्कीले कोरोनाका कारण लघुवित्त क्षेत्र मर्माहत भएको धारणा राख्नु भयो।

बैंकले समेट्न नसकेको तत्लो वर्गको क्षेत्रलाई सुविधा दिने लघुवित्तहरु कोरोनाका कारण निकै समस्यामा परेको उहाँले बताउनु भयो।

कार्यक्रममा लघु उद्यमशीलताको क्षेत्रमा कार्य गर्ने लघु उद्यमीहरूको मनोवल बृद्घि गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा संचालित लघु उद्यमशील पुरस्कार कार्यक्रम अन्र्तगत प्रदेशस्तरमा उत्कृष्ठ लघुउद्यमीलाई “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” प्रदान गरिएको थियो ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले प्रदेश नं. १ बाट झापा जिल्ला दमक शाखाकी फर्निचर उद्योगी जल कुमारी तिम्सीनालाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

यस्तै परवानीपुर गाउँपालिका वडा नं. ४ का बडाध्यक्ष गजेन्द्र प्रसाद पटेलले प्रदेश नम्बर २ बाट बारा जिल्ला प्रसौनी शाखाकी गार्मेन्ट उद्योगी मन कुमारी देवी यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गर्नु भएको थियो।

यस्तै रत्ननगर नगरपालिका वडा नं. १० का वडाध्यक्ष केशव आचार्यले बागमती प्रदेशबाट चितवन जिल्ला टाँडी शाखाकी च्याउ खेती व्यवसायी गगनमाया गुरूङ्गलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

नवलपुर जिल्ला समन्वय समिति सदस्य श्री खिमा सारुले गण्डकी प्रदेशबाट नवलपुर जिल्ला दलदले शाखाकी बाँसको ¥याक तथा मुढा सामान बनाउने व्यवसायी नयामाया घिमिरेलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

प्रदेश नं. ५ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश नम्बर ५ बाट रूपन्देही जिल्ला बुटवल शाखाकी मार्वल तथा होटल व्यवसायी सीता देवी गुरूङ्गलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले कर्णाली प्रदेशबाट दैलेख जिल्ला दुल्लु शाखाकी फेन्सी पसल व्यवसायी डिलु खड्का कार्कीलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले सुदूरपश्चिम प्रदेशबाट कञ्चनपुर जिल्ला महेन्द्रनगर शाखाकी इन्जिनियरिङ्ग वर्कशप व्यवसायी फुल कोलीलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

लघुवित्तका प्रथम प्रवद्र्धक डा. हरिहरदेव पन्तको स्मृतिमा डा. हरिहरदेव पन्त फाउण्डेसनले स्थापना गरी हरेक वार्षिक पुण्य स्मृति दिवसको अवसरमा एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएकोमा यस वर्ष रातोपाटी डट कमकी वरिष्ठ आर्थिक संवाददाता एलिजा उप्रेतीलाई डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार स्वरूप नगद रु. ५० हजार सहित सम्मान–पत्र डा. हरिहरदेव पन्त फाउण्डेसनका अध्यक्ष जनार्दन देव पन्तले प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डा. हरिहरदेव पन्त फाउण्डेशनका अध्यक्ष जनार्दन देव पन्तले पुरस्कार विजेताहरुलाई बधाई ज्ञापन गर्नुभयो । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष शरदनिधि तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।