https://safalawaj.com/2020/09/07/5151/
काठमाडौं, २२ भदौ । डा. हरिहरदेव पन्तको ५ औँ स्मृति दिवशका अवसरमा ‘समृद्धिको मार्ग–२०७७’ विमोचन गरिएको छ । आइतबार आयोजना गरिएको भर्चुअल कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘समृद्धिको मार्ग–२०७७’ विमोचन गरे ।
बिमोचन पश्चात प्रमुख अतिथिको मन्तव्य राख्नु हुदै गभर्नर अधिकारीले पुस्तकमा समेटिका विषयहरु एकदमै राम्रा विषयहरु भएको बताए । स्वर्गीय हरिहरदेव पन्तका कारण ग्रामिण भेगका जनताको जीवनस्तर उकास्न निकै ठूलो मद्दत पुगेको बताए ।
लघुवित्तको सेवाका कारण आज धेरै मान्छेहरुले उद्यशीलताको बाटो रोजेको उनको भनाई थियो । प्रकाशनका लागिनिर्धन लघुवित्त वित्तीय संस्थाप्रति समेत आभार व्यक्त गरे । २०७७ कोभिडका कारण समृद्धिको वर्ष हुन नसकेकेको भन्दै गभर्नर अधिकारीले यस्तो अवस्थामा पनि सकारात्मक सोचका साथ सबैले काम गर्दै आउनु एकदमै राम्रो कुरा भएको बताए ।
नेपालमा ग्रामीण बैंकिङ पद्धतिको अनुशरण गराउने र लघुवित्तको सेवा अघि बढाउने नेतृत्व पूर्व डेपुटी गभर्नर स्वर्गीय डा.हरिहर देव पन्तले लिनु भएको हो र त्यो नेतृत्व सफल भएको उनले बताए । उनले नै हामी सबैलाई यो बाटोमा दोहोर्याउनु भएको समेत उनले बताए ।
गभर्नर अधिकारीले ग्रामीण बैंकिङ सेवालाई केन्द्रीय बैंकले प्राथमिकतामा राखेको बताए ।गभर्नर अधिकारीले ग्रामीण बैंकिङलाई निरुत्साहित गर्ने राष्ट्र बैंकको कुनैयोजना नभएको धारणा राखे ।
लघुवित्तको संख्या अत्यधिक भएको र यसको सेवा अझ प्रभावकारी बनाउनका लागि नयाँ संस्थालाई सञ्चालन अनुमति रोक लगाइएको गभर्नर अधिकारीको भनाई थियो । सहि व्यक्तिले सहि किसिमले लघुवित्तको सेवा संचालन गरुन् र सहि व्यक्तिले सहि किसिमले वित्तीय सेवा पाउन् भन्ने राष्ट्र बैंकको चाहाना रहेको उनले बताए ।
ग्रामीण भेगका विपन्न वर्गमा लघुवित्तको मार्फत जिविकोपार्जनको आधार बनोस् भन्ने आफूले चाहेको गभर्नर अधिकारीकोे भनाई थियो । उनले स्वर्गीय हरिहदेव पन्त एक उदाहरणीय व्यक्तित्व भएको भन्दै पन्तले वित्तीय क्षेत्रका लागि गर्नुभएको योगदान भुल्न नसकिने बताए ।
कार्यक्रममा पूर्व गभर्नर गणेशबहादुर थापालेकोरोनामा पनि लघुवित्तको भूमिका महत्वपूर्ण हुने भन्दै अब केन्द्रीय बैंक र सरकारले लघुवित्तलाई थप प्राथिमकतामा राख्नु पर्ने वताउनु भएको थियो । ‘कोरोनाका कारण गरिबीको रेखामूनी रहेकाको संख्या १८ प्रतिशतबाट ४५ प्रतिशतभन्दा धेरै पुग्न लागेको तथ्यांक आउदैछ, लघुवित्तलाई अब थप प्राथमिकता दिनु पर्नेछ भन्ने उहाँको भनाई थियो ।
राष्ट्र बैंकले लघुवित्तको नयाँ लाइसेन्स रोक्ने र भइरहेकालाई मर्जरमा प्रोत्साहन गरेर संख्यात्मक हिसाबले घटाउने नीति लिएको भन्दैे त्यो नीति भने राम्रो भएको उनको भनाई थियो ।
कार्यक्रममा धितोपत्र बोर्डका पूर्ब अध्यक्ष तथा सेन्टर फर माईक्रोफाईनान्सका अध्यक्ष डा. रेबतबहादुर कार्कीले कोरोनाका कारण लघुवित्त क्षेत्र मर्माहत भएको धारणा राखे ।
जहाँ बैंकले समेट्न नसकेको तत्लो वर्गको क्षेत्रलाई सुविधा दिने लघुवित्तहरु कोरोनाका कारण निकै समस्यामा परेको उनले बताए ।यसलाई राज्यले पनि हेर्नु पर्ने आवश्यकता रहेको उनले बताए । स्वर्गीय हरिहरदेव पन्तले लघुवित्त क्षेत्रका लागि दिएको योगदान कसैले भुल्न नसक्ने उनले बताए ।
र्गीय पन्तका कारण नै अहिले विपन्न वर्गहरुको जीवन स्तर उकासिएको उनको भनाई थियो ।
स्व. डा. हरिहरदेव पन्तको संझनामा यस पाँचौं स्मृती दिवस मा काठमाडौंमा उपस्थिती गराउन कोरोना भाईरसको महामारी (कोभिड १९)को विषम परिस्थितीले गर्दा संभव नभएकोले संवन्धित उत्कृष्ट उद्यमीको वैंक खाता नंबरमा पुरस्कार रकम पठाउने व्यवस्था मिलाईएको तथा संभव भएका ठाउंमा स्थानिय स्तरमा निर्धन उत्थानको शाखा कार्यालयबाट पूरस्कार” प्रदान गरिएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई पुरस्कार वितरण गरिएको थियो । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डा. हरिहरदेव पन्त फाउण्डेशनका अध्यक्ष जनार्दनदेव पन्तले पूरस्कार विजेताहरु आ—आफ्नो क्षेत्रमा उत्कृष्ट भएको भन्दै उनीहरुको प्रयास प्रेर०ाादायी भएको बताए । उनले हामी सबैले नेपाललाई बलियो, शक्तिशाली र सम्मानित नेपाल बनाउन चाहेको धारणा समेत राखे ।
पन्तले पिरामिडको सबैभन्दा तल रहेका विपन्न वर्गमा सामाजिक चेतनाको साथै वित्तीय तथा गैर वित्तीय सेवा दिगो तरिकाले पू¥याउन ल३ूवित्तको सूरुवात गरी आफ्नो जीवनभर गरीबी र वेरोजगार ह६ाउन लाग्नू भएका हरिहरदेव पन्तको अधुरा कार्यहरु हामीहरुले पुरा गर्ने प्रयास गरिने बताए ।
सो अवसरमा लघुउद्यमशीलताको क्षेत्रमा कार्य गर्ने लघुउद्यमीहरूको मनोवल बृद्घि गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा संचालित लघुउद्यमशील पुरस्कार कार्यक्रमअन्र्तगत प्रदेशस्तरमा उत्कृष्ठ लघुउद्यमीलाई “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” प्रदान गरिएको थियो ।
दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले प्रदेश नं. १ बाट झापा जिल्ला दमक शाखाकी फर्निचर उद्योगी जल कुमारी तिम्सीनालाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गरे ।
यसैगरी परवानीपुर गाउँपालिका वडा नं. ४ का बडाध्यक्ष गजेन्द्र प्रसाद पटेलले प्रदेश नम्बर २ बाट बारा जिल्ला प्रसौनी शाखाकी गार्मेन्ट उद्योगी मन कुमारी देवी यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गरे ।

रत्ननगर नगरपालिका वडा नं. १० का वडाध्यक्ष केशव आचार्यले बागमती प्रदेशबाट चितवन जिल्ला टाँडी शाखाकी च्याउ खेती व्यवसायी गगनमाया गुरूङ्गलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गरे ।

यसैगरी नवलपुर जिल्ला समन्वय समिति सदस्य खिमा सारुले गण्डकी प्रदेशबाट नवलपुर जिल्ला दलदले शाखाकी बाँसको ¥याक तथा मुढा सामान बनाउने व्यवसायी नयामाया घिमिरेलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गरेका थिए ।

प्रदेश नं. ५ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश नम्बर ५ बाट रूपन्देही जिल्ला बुटवल शाखाकी मार्वल तथा होटल व्यवसायी सीता देवी गुरूङ्गलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गरेका थिए भने दुल्लु नगरपालिकाका मेयर श्री घनश्याम भण्डारीले कर्णाली प्रदेशबाट दैलेख जिल्ला दुल्लु शाखाकी फेन्सी पसल व्यवसायी डिलु खड्का कार्कीलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गरेका थिए ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले सुदूरपश्चिम प्रदेशबाट कञ्चनपुर जिल्ला महेन्द्रनगर शाखाकी इन्जिनियरिङ्ग वर्कशप व्यवसायी फुल कोलीलाई यस वर्षको “डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०७७” रु. ३० हजार सहित सम्मान–पत्र प्रदान गरेका थिए ।
